Sunday, October 16, 2011

साहले आजै राजीनामा दिने



एकीकृत नेकपा माओवादीले हिन्दु युवासंघ पर्साका अध्यक्ष काशीनाथ तिवारीको हत्यामा संलग्न रहेको आरोप लागेका पार्टी केन्द्रीय सदस्यसमेत रहेका भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभु साहलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
अध्यक्ष प्रचण्ड र उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच आज बिहान भएको छलफलले त्यस्तो निर्णय भएको हो । प्रचण्ड निवास नयाँ बजारमा भएको भेटमा  हत्या आरोपमा विवादमा तानिएका साहलाई विपक्षीहरुको मागअनुसार पदबाट हटाउने निर्णय भएको हो ।
छलफलमा मन्त्री साह पनि सहभागी हुनुहुन्थ्यो । छलफलले हत्यामा साहको संलग्नता भने नरहेको निष्कर्ष निकालेको छ ।  
 यस्तै मधेसका २२ जिल्लाका जनताले नेपालबाट अलग हुने निर्णय गरे मुलुकको कुन ऐन र कानुनले रोक्न सक्छ भन्ने विवादास्पद अभिक्तव्यक्ति दिने रक्षामन्त्री शरतसिंह भण्डारीलाई पदबाट हटाउने विषयमा निर्णय लिन सम्बन्धित पार्टी र मधेसी मोर्चालाई जिम्मा दिने निर्णयसमेत भएको छ ।
माओवादीले भण्डारीलाई टाउन आग्रह गरेपछि मधेसी मोर्चाले साहलाई पनि हटाउनु पर्ने सर्त अघि सारेको थियो । स्रोतका अनुसार प्रधानमन्त्री भट्टराईले साहलाई आजै मन्त्रीपदबाट भण्डारीलाई राजीनामा गर्न लगाएर अबरुद्ध संसद् सुचारु गर्न कांग्रेस एमालेलाई आग्रह गर्न लाग्नुभएको छ ।
 विपक्षी कांग्रेस र एमालेले यसअघि विवादित मन्त्रीद्वय साह र भण्डारीलाई नहटाएसम्म संसद् अबरुद्ध गरिरहने चेतावनी दिएका थिए । माओवादी स्थायी समिति बैठकले केही दिनअघि साहमाथि राजनीतिक पूर्वाग्रहका आधारमा हत्या आरोप लगाइएको ठहर गर्दै आरोप लाग्दैमा राजीनामा दिनुनपर्ने निर्णय गरेको थियो ।

No comments:

Post a Comment

Followers

About Me

My photo
butwal, lumbinu, Nepal
design krishna pariyar radio jagaran techniciean incharge